Monday, June 13, 2022

मेरो मन

मन-मनै मन्त्र जापे जस्तो,
तिम्रो विहल स्वरहरुले,
संखनाद गराऊदछ।
रंगमंचमा खेल  सकिएर 
निरन्तर मेरो आत्माको
पूर्णता माथी तालि बजाउदछ,
मूक् दर्शक बनेर ।
ए मन...
तिम्रा लोलुप्त वैंसका आवेगले
मेरो हृदयमा,
न्यानो आघात
तिम्रा छड्के नजरले
अझ गहिरो पार्दछ ।


मेरो देहको एकान्त भूमिमा,
इच्छा गरेयौ भने 
राख्न सक्छौ
तिम्रो निस्वार्थ हातहरु,
आत्माभित्रको असन्तुष्टिका विरहमा 
पाइलाराख्ने मनोरथ छ भने ।
तिम्रा मनका मानचित्र भित्र
असम्भवका सीमारेखा 
मेटाउन सक्छौ  भने. 
अनि तिम्रो काँधको 
सिरानी लगाएर
एक क्षण भए पनि 
सुस्ताउने ओछियान बनाई दिने भए ।

मलाई कुनै भिष्म प्रतिज्ञाले,
फूलहरुका मृदु मुस्कानले,
स्वर्णाभुषणको आभाले  होइन,
तिम्रो अन्तर्मनबाट तरंगित
स्नेहशील अध्यायबाट 
प्रस्फुटित संकेतले जित्न सक्छ
मेरो शरीर, मेरो आत्मा,
मेरो प्रेम. मेरो मन…।

4th Oct 2021-